बोक्साको आरोपमा वडाध्यक्षमाथी कुटपीट

बोक्साको आरोपमा वडाध्यक्षमाथी कुटपीट

चितवन : चितवनको इच्छाकामना गाउँपालिका २ का वडाध्यक्षमाथी बोक्साको आरोपमा कुटपिट भएको छ । वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले बोक्सा भएको आरोप लगाउँदै, कुटपिट गरी कालोमोसो मोसो दली , जुत्ताको माला लगाएर मानव मलमुत्र खुवाउने प्रयास समेत गरेका छन् ।

जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको छ