काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाली सेनाले पर्यटन प्रर्वधन सम्बन्धी विभिन्न ९ वटा कार्यक्रम गर्ने भएको छ ।
अत्यधिक विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको बेला नेपाली सेनाले एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन, जंगल सफारी, माउन्टेन ट्रेकिङ, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन र एकीकरण पदयात्रा लगायतको कार्यक्रम गर्ने बताएको छ । त्यस्तै प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम पनि गर्ने भिजिट नेपाल २०२० को लियाजो अफिसर महासेनानी सुवास थापाले जानकारी दिए ।