कपिलवस्तुमा विद्युतको पोलमा कार ठोक्किंदा एक जनाको मृत्यु, ५ जना घाइते

कपिलवस्तुमा  विद्युतको  पोलमा कार ठोक्किंदा एक जनाको मृत्यु, ५ जना घाइते

बुटवल : पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा ८ बोडगाँउ नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छभने ५ जना घाईते भएका छन् । तीब्र गतिको कारण सडकको छेउमा रहेको विद्युतको पोलमा कार ठोक्किदा एकजनाको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फतर्फ आउँदै गरेको बा ८ च ६३९० नम्बरको कार सोमबार बिहान दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरका अन्दाजी ३० बर्षीय सुरेश पाण्डेको मुत्यु भएको हो । पाण्डेको बाणगंगा चारनम्बरस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि बुटवल ल्याइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।