काठमाडौं। जेन-जी पुस्ताका नाममा भएको आन्दोलनका क्रममा घरभित्र थुनेर जिउँदै आगो लगाइएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकारको निधन भएको छ।
डल्लुस्थित घरभित्रै रहेको अवस्थामा आन्दोलनकारीले आगो लगाइदिएका थिए। आगोका कारण घरभित्रै जलेकी उनको गम्भीर अवस्थामा उपचारका क्रममा ज्यान गएको हो।
उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । उनको नाजुक अवस्थामा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।