काठमाडौं : नेपालका केहि अग्रज पर्वतारोहिरुले नेपाली सेनाद्धारा सगरमाथाबाट ३५००० किलोग्रामको फोहर र ५ अन्य हिमालयका चुचुराको फोहर हटाउने योजनालाई आलोचना गरेका छन् ।
सरकारले पर्वत सरसफाइ योजना सफल पार्नकोलागी नेपाली सेनाको सहयोग लिइने र यसमा हुने लागत खर्च ८६ करोड बताएको छ । गत वर्ष, नेपाली सेनाले सगरमाथा क्षेत्रबाट १०,००० किलोग्राम फोहोर हटाउन मात्र सफल भएका थिएँ।
तर कामी रीता शेर्पा (जसले विश्वको सबै भन्दा अग्लो हिमालमा २४ पटक चडि रेकर्ड बनाइसकेका छन ), भन्छन कि उनीहरूसँग उच्च हिमालमा पुग्ने सीप नरहेको र उनीहरूले प्राय तल्लो उचाइबाट मात्र फोहोर उठाएको छ ।
"उचाईबाट फोहोर सफा गर्नुको लागि उनीहरूले शेर्पाहरूलाई परिचालन गर्नुपर्दछ किनकि मात्र शेर्पा गाईडहरू र भरियाहरूले हिमालयका चुचुरोमा गइ सफा गर्न सकिने र यसको बापत उनीहरूलाई उचित मूल्य दिइनु पर्दछ।",शेर्पाले बीबीसी नेपालीलाई बताइन् ।
हरेक बर्ष सगरमाथा, ल्होत्से, पुमोरी, मकालु र धौलागिरि चुचुरो ले विश्वभरका आरोहीहरूलाई आकर्षित गरिरहेको छ जसका कारण शिखरमा अक्सिजन र खाना पकाउने ग्यास सिलिन्डर, चढाई गियर र अन्य रद्दी जस्तै खाना र्यापेर, क्यान र बोतल छोड्ने क्रम बडेका छन् ।
तर आरोहीहरू पनि कुनै खतरा बिना छैनन्, हरेक वर्ष असंख्य मानिसहरू हिमाल चढने क्रममा मारिएका छन् र धेरै जसो शरीरहरू पहाडमा छोडिएका छन् र यसको पनि सफाइ गर्नु आवश्यक्ता छ।
" विशेष रूपमा माथिबाट फोहोर र मृत लाश तल ल्याउन गाह्रो छ त्यसैले आरोही शेर्पाहरु चुचुरो सफा गर्नका लागि र मृत लाश ल्याउन को लागि सही व्यक्ति रहेका र यो सरकारले दिमागमा राख्नु पर्छ ", २१ पटक एभरेष्ट आरोहित पुर्वा तशी शेर्पाले भने।
"नेपाली सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डे आफ्नो टीमले यो वर्षको सफाईको समयमा माथिल्लो क्षेत्रसम पुग्न सक्ने र हामी आफ्ना गल्तीहरूबाट पाठ सिक्दै छौं र पहाडहरू सफा गर्न कडा मिहिनेत गर्दैछौं, जुनचाहिं ५ जुन मा समाप्त हुनेछ" उनले बीबीसी नेपालीलाई भने।
तर शेर्पाहरूको सहयोगको बिना उनीहरूको संघर्ष पुरा नहुने, शेर्पा पर्वतारोहणहरु बताउछन् ।( बीबीसी नेपाल)