शेख हसिना सवार विमान नयाँ दिल्ली नजिकैको हिन्डन एयर वेस विमानस्थलमा अवतरण

शेख हसिना सवार विमान नयाँ दिल्ली नजिकैको हिन्डन एयर वेस विमानस्थलमा अवतरण

काठमाडौं। पदबाट राजीनामा दिएर देश छाडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत सवार विमान भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर वेस विमानस्थलमा अवतरण भएको बताइएको छ।

ढाकामा जारी तनावबीच हसिनाले राजीनामा दिएकी थिइन्। हसिना आफ्नी बहिनीसहित सेनाको विशेष हेलिकोप्टरबाट पुगेकी छन् ।

आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा आइतबार ९० जनाको मृत्यु भएको थियो । त्यसपछि त्यहाँको सत्ता सेनाले नियन्त्रणमा लिने चर्चा भइरहेका बेला प्रधानमन्त्रीले देश छाडेकी थिइन् ।

प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका बंगलादेशीका विद्यार्थी प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । आन्दोलन चर्किरहेको बेलामा पूरा बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएको थिए ।