के कारण हुन्छ बाँझोपन ? लक्षण थाहा पाउनुहोस्

के कारण हुन्छ बाँझोपन ? लक्षण थाहा पाउनुहोस्

काठमाडाैँ । बाँझोपन महिलाहरुको लागि एक गम्भीर स्वास्थ्य समस्या हो । बाँझोपनका कारण कति महिलाहरुले आर्थिक, सामाजिक, मनोवैज्ञानिकलगायत विभिन्न समस्या भोग्नु पर्ने हुन्छ ।

सामान्यतया दम्पतीले परिवारनियोजनको कुनै पनि साधनको प्रयोगविना शारीरिक सम्बन्ध राख्दा पनि एक वर्षसम्म बच्चा नभएको अवस्थालाई नै बाँझोपन भन्ने गरिन्छ । बाँझोपन प्राइमरी तथा सेकेन्डरी गरी दुई प्रकारका हुन्छन् । प्राइमरी बाँझोपनमा कहिले पनि बच्चा बसेकै हुँदैन भने सेकेन्डरीमा एकपटक बच्चा बसेर पनि अर्कोपटक बच्चा बसेको हुँदैन । बाँझोपनको समस्या महिला र पुरुष दुवैलाई हुन सक्छ ।

बाँझोपनका लक्षणहरु

पीडादायी महिनावारी –महिलाहरुमा महिनावारीको समयमा पिडा हुनु समान्य कुरा हो । तर महिनावारीको समयमा अत्याधिक पिडा हुनका साथै अत्याधिक रक्तस्राव हुनु भनेको महिलाको पाठेघरमा केही समस्या भएको संकेत हो । पीडादायी संभोग – कतिपयलाई यौन सम्पर्क गर्दा धेरै पीडा हुन्छ भने त्यो पनि बाँझोपनको लक्षण हुन सक्छ ।

अनियमित अवधि –औसतमा, महिनावारी चक्र २८ दिनको हुन्छ । तर कहिलेकाहीँ यो चक्र अनियमित हुन्छ वा केही महिनासम्म अनुपस्थित हुन्छ भने यसको मतलब बाँझोपनको समस्या हुन सक्छ । कुनै कुनै महिलामा २० वर्षदेखि नै रजस्वला अनियमित हुन्छ जसका कारण बाझोपनको समस्या हुन्छ ।

हर्मोनल असन्तुलन – महिलाहरुमा हुने हर्मोनको गढबढका कारण पनि बाँझोपनको समस्या हुनसक्छ । तपाईको अनुहार र शरिरको अन्य भागमा मा अत्यधिक रौं भएमा तपाईमा पोलिसाईटिक ओभरी सिन्ड्रोम अर्थात पीसीओएसको समस्या हो । रौंबढी हुनु हर्मनको असन्तुलन वा बाझोपनको संकेत हो ।

तौल बढ्नु –बढी तौल भएका महिलाहरुमा गर्भ नबस्ने सम्भावना हुन्छ ।अध्ययनले देखाएको छ कि यदि महिलाको तौल धेरै छ वा अचानक तौल बढ्यो भने, यो बाँझोपनको संकेत हो ।

– यदि तपाईको आँखा धमिलो हुँदै गएको छ वा राम्रोसँग देख्न सक्नु हुदैन भने पनि बाँझोपनको लक्षण हो।

–४१ दशमलब ६ मानिसमा भिटामिन डीको कमीका कारण बाँझोपनको शिकार हुने गरेका अमेरिकाको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

के कारण हुन्छ त बाँझोपन ?

ढिलो विवाह– बाँझोपन हुनुको सबैभन्दा ठूलो कारण ढिलो विवाह गर्नु हो । २० देखि ३५ वर्ष उमेरका महिलाहरु सन्तान जन्माउनको लागि योग्य हुन्छन् । यदि यो उमेरपछि विवाह भएको छ भने गर्भावस्थामा बढि समस्या हुने गर्दछ । जसका कारणले ढिलो उमेरमा विवाह पश्चात पनि गर्भ रहयो भने महिला तथा बच्चामा धेरै समस्या देखिने गर्दछ ।

उमेर – उमेर बढ्दै जाँदा महिलाको प्रजनन क्षमता बिस्तारै घट्दै जान्छ जसको अर्थ सामान्य रूपमा गर्भधारण गर्न गाह्रो हुन्छ। ३५ वर्षको उमेर पछि, प्रजनन ढलान घट्छ। यद्यपि, यदि तपाइँ प्रारम्भिक चरणमा प्रजनन चिकित्सकको खोजी गर्नुहुन्छ भने तपाइँको गर्भधारणको संभावनाहरू सुधार हुन सक्छ।

पाठेघरमा समस्या– कहिलेकाहीँ पाठेघरको मुखको समस्याका कारण पनि बाँझोपन हुनसक्छ । शुक्रकीट निषेचनका लागि अण्डा भेट्नको लागि पास गर्न सक्षम हुँदैन।

ट्युब ब्लक- डाक्टरका अनुसार धेरै पटक संक्रमणको कारणले फेलोपियन ट्युब रोक्नु इन्फर्टिलिटीको ठुलो कारण हो । फेलोपियन ट्युब पनि पल्बिक संक्रमण र टिबीको कारण हुने गर्दछ ।

अस्वस्थ्य खानपान- पछिल्लो समयमा महिलाहरुमा खानपानको विषयको कारण धेरै बाझोपन बढ्दै गएको छ । यसको बाहेक इन्डोमेट्रोसियोसिसको समस्या पनि देखिन्छ ।

जीवनशैली- बाझोपनको कारण अव्यवस्थित जिवन शैली पनि हो । रातीको समयमा नसुत्नाले, धुमपान, मद्यपान सेवन गर्नाले, मधुमेहको कारण, तनाव लिने जस्ता कारण बाझोपनको समस्या देखिने गर्दछ ।

बाँझोपन रोकथामका उपाय

– महिलाले २२ देखि २९ वर्ष उमेरभित्रै बिहे गरेर बच्चा पाउनु राम्रो मानिन्छ ।

–उपयुक्त समयमा विवाह गर्ने ।

– प्रजनन अंगहरूमा विभिन्न संक्रमण भएमा समयमै उपचार गराउनुपर्छ ।

– समयमै बच्चा जन्माउने योजना बनाउने ।

–असुरक्षित गर्भपतन नगराउने ।

– परिवारनियोजनका साधनहरूमध्ये कन्डमको प्रयोग गर्ने ।