मन्त्री हेरफेरको तयारीमा प्रधानमन्त्री, को को हुँदैछन् आउट ?

मन्त्री हेरफेरको तयारीमा प्रधानमन्त्री, को को हुँदैछन् आउट ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीहरु हेरफेरको तयारीमा जुटेका छन् । बालुवाटार स्रोतका अनुसार यो महिनाभित्रै मन्त्री हेरफेरको तयारी भइरहेको छ । 

सत्तारुढ कांग्रेसले गृहमन्त्री र माओवादीले अर्थमन्त्रीको आलोचना गर्दै आएका छन् । दुवै पार्टीका नेताहरूले ती दुवै मन्त्री हेरफेरको प्रस्ताव गरेका थिए । माओवादीभन्दा पनि कांग्रेसबाट बढी दबाब आएको दाहाल निकट ती नेताको भनाइ छ । त्यसो त प्रचण्ड संस्कृतिमन्त्री सुदन किरात िर वनमन्त्री शक्ति बस्नेतको कामबाट पनि सन्तुष्ट हुन सकेका छैनन् । 

प्रधानमन्त्रीले भने कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राम्रो ‘पर्फर्मेन्स’ दिन नसकेको भन्दै सबै फेर्ने तयारी गरेका छन् । माओवादीका केही नेताहरुले प्रधानमन्त्री दाहाललाई आफ्नो सचिवालयमा पनि हेरफेरको आवश्यकता रहेको भन्दै ध्यानाकर्षण गराएको स्रोत बताउँछ ।

अहिलेको आर्थिक संकट समाधान गर्न सरकारले केही गर्न नसकेको आलोचना भइरहेको भन्दै त्यसको दोष माओवादीले लिनुपर्ने अवस्था आए पनि अर्थ मन्त्रालय कांग्रेसले सम्हालेको हुँदा तालमेल नमिलेको प्रधानमन्त्रीको गुनासो रहने गरेको छ ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोत दिएको जानकारीअनुसार अब सरकारको सिंगो काम र मन्त्रीहरुको कामको समीक्षा गरेर निर्णय गर्नुपर्ने बेला आएको छ । कार्यकारिणी प्रधानमन्त्री, मन्त्री सेरेमोनियल भूमिकामा जस्तै रहेको बताउँदै प्रधानमन्त्रीले यसमा पनि केही सुधार गर्न सकिन्छ कि भनेर छलफल थालेका छन् ।