शुक्रबार सुनको भाउ घट्यो

काठमाण्डौ : शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ७४ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ घटेको हो ।

अमेरिका र ईरानबीचको तनावका कारण बढेको सुनको भाउ दुई देशबीचको तनाव मत्थर हुँदै गएपछि भाउ घट्दै गएको महासङ्घअन्तर्गतको सुनको भाउ निर्धारण समितिले जनाएको छ ।
त्यस्तै तेजावी सुनको भाउ ७४ हजार ३ सय रुपैयामा कारोबार भईरहेको छ । हिजो प्रतितोला ७५ हजार २ सय रुपैयामा कारोबार भएको तेजावी सुनको भाउ ९ सय रुपैयाले घटेको हो । चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।