साताको अन्तिम दिन नेप्से बढ्याे

काठमाडौं : साताको अन्तिम दिन नेप्से इन्डेक्स अंकले बढेर बन्द भएको छ ।कारोबार सुरु भएदेखी नै बढ्न सुरु गरेको नेप्से १२१५.८८ सम्म पुगेपनि कारोबारको अन्तमा १२१२.११ बिन्दुमामा रोकिएको छ । आज सबै भन्दा धेरै कमाउनेमा स्वाभिमान लघुबित्तिय संस्था, सपोर्ट माईक्रोफाइनान्स, समता माइक्रोफाइनान्स,घोडाघोडी लघुबित्त र महिला सहयात्रा संस्थाको लगानिकर्ताले १० प्रतिशतको हारिहारिमा कमाएका छन ।

गुमाउनेमा रिलायन्स फाइनान्स, राष्टृय बिमा संस्थान प्रोमोटर का लगानीकर्ताले क्रमश: ५.७४,४.८८ प्रतिशतले गुमाएका छन ।ग्रामिण लघुबितिय संस्थाको सेयर कारोबार सबै भन्दा धेरै २ करोड ४० लाख ४० हजार १ सय ३८ रुपैया बराबरको सेयर कारोबार भएको छ ।भने दोस्रोमा डिप्रोक्स डेभ्लमेन्ट बैक रहेको छ। माइक्रोफाइनान्स समुहमा उछाल आउदा ८३ करोड ७० लाख ३५हजार ७ सय ५७ रुपैयाबाट ३८ लाख ४९ हजार ७ सय २२ कित्ता सेयर किनबेछ भएको छ । हिजो नेप्से इण्डेक्स ७.३२ अन्कले घटेको थियो।