२२ जनाकाे समर्थनमा मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

२२ जनाकाे समर्थनमा मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

बुधबार बसेको प्रदेशसभाबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । यसअघि मंगलबार शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक सभामा उपस्थित २२ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री शाहीको पक्षमा मत खसालेका थिए ।

सभामा नेकपा (माओवादी केन्द्र)का १२ जना, नेपाली कांग्रेसका ६, एकीकृत समाजवादीका २ जना र १ जना राप्रपासहितको समर्थनमा को समर्थनमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन् । नेकपा एमालेले भने उपस्थिती नै जनाएनन् ।