काठमाण्डौ :सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेको हो ।
त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ७६ हजार २ रुपैयामा कारोबार भइरहेको छ । हिजो ७५ हजार ७ सय रुपैयामा कारोबार भएको सुनको भाउ ५ सय रुपैयाले बढेको हो । चाँदी तोलामा २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । सुन चाँदी को भाउ लगातार बढेपछि कारोबार ठप्प जस्तै भएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।