बुधबार यस्तो बिदेशी मुद्राको भाउ

काठमाण्डौ : बुधबार मलेसियन रिंगिट र कोरियन वनको भाउ बढेको छ भने अरु विदेशी मुद्रा भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रीदर ११५ रुपैयाँ ४० पैसा नै रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रीदर ३० रुपैयाँ ७६ पैसा थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा तोकेको थियो ।

यस्तै ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ५६ पैसा रहेको छ ।आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा रहेको थियो ।

बुधबार मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ पैसा १५ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ पैसा १२ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८० रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३७८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८० रुपैयाँ ७८ पैसा नै रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर ३०४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३०६ रुपैयाँ ०५ पैसा तोकेको थियो ।