सोमबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाले बढ्यो

काठमाण्डौ : सुनको भाउले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ सोमबार अहिलेसम्मकै महँगो तोलाको ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आइतबार ७५हजार ५सय रुपैयाँमा कारोबार भएको सुनको भाउ ५सय रुपैयाले बढेको हो ।

त्यस्तै तेजाबी सुन प्रति तोला ७५ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छ । हिजो ७५ हजार २ सय रुपैयामा कारोबार भएको सुनको भाउ ५ सय रुपैयाले बढेको हो । अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको हो । सुनको भाउ तोलाको ८० हजारको हाराहारीमा पुग्ने देखिएको उनको भनाइ छ । सोमबार चाँदी प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो ९सय रुपैयामा कारोबार भएको चाँदीको भाउ २० रुपैयाले बढेको महासंघले बताएको छ ।