शुक्रबार कोरियन वनको बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाण्डौ : शुक्रबार कोरियन वनको भाउ घटेको छ भने अरु विदेशी मुद्राको भाउ बढेको छ ।नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५० तोकेको छ । बिहीबार यसको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा थियो । शुक्रबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो यसको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको थियो ।

ओमानी रियाल १ को खरिददर २९९ रुपैयाँ २९ पैसा तोकेको छ । बिहीबार ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ १७ पैसा रहेको थियो । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा थियो ।

यस्तै शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ १ पैसा तोकेको छ । हिजो यसको खरिददर २७ रुपैयाँ ७९ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा रहेको थियो ।

शुक्रबार कोरियन वनको भाउ भने घटेको छ । आज कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६४ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा रहेको थियो । यस्तै बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७१ पैसा तोकेको छ । शुक्रबार यसको १ को खरिददर ३०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५ पैसा रहेको थियो ।