बिहिबार यस्तो छ बिदेशी मुद्राको भाउ

काठमाण्डौ : बिहिबार सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा रहेको थियो । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ । हिजो कतारी रियालको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकिएको थियो ।

बिहिबार मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा र बिक्रीदर २७ रुपैया ९४ पैसा रहेको छ । हिजो खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ २८ पैसा रहेको थियो । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो खरिददर ३७५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ९४ पैसा रहेको थियो । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ०५ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ७२ पैसा रहेको थियो ।