सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्यमा भने गत शुक्रबारकै मूल्य कायम भएको छ । 

अर्थात् शुक्रबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबारका लागि पनि सोही मूल्य कायम भएको छ ।