लगातार बढीरहेको सुनको भाउ घट्यो , जान्नुहोस् आजको भाउ

काठमाडौं : सुनको भाउ शुक्रबार तोलामा ७ सय सय रुपैयाँ घटेको छ । सुन शुक्रबार तोलामा ६९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।