हामी व्यापार सँगसँगै मानवतालाई अघि सार्छौंः प्रमेश केसी

हामी व्यापार सँगसँगै मानवतालाई अघि सार्छौंः प्रमेश केसी

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या दिनदिनै बढ्दै गएको छ। कोभिड १९ ले केही असर पारे पनि नेपाली सवद्यार्थी गुणस्तर शिक्षा र अवसरको खोजीमा विश्वका विकशित देश जान लालहित भैसकेका छन् । कति भिसाको पर्खाइमा छन् भने कोही अन्तराष्ट्रिय सिमाना खुल्ने प्रतिक्षामा छन्। 

नेपालबाट विश्वका झन्डै ६३ वटा मुलुकमा वार्षिक करिब ३५ हजार विद्यार्थी अध्ययन गर्न जाने गरेका छन्। पछिल्लो समय विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुका लागि अष्ट्रेलिया प्रमुख गन्तव्यको देश बनेको छ । विशेष गरी अष्ट्रेलियाका बिभिन्न राज्यमा रहेका ठूला र गुणस्तरिय बिश्वबिद्यालय  र कलेजसँग सम्झौता गरी अष्ट्रेलिया आइसकेका विद्यार्थीलाई उपयुक्त परामर्श दिने कन्सल्टेन्सी हो पश्चिम अष्ट्रेलियाको पर्थमा शाखा संचालन गरिरहेको हव इन्टरनेशनल एजुकेशन । 

यस कन्सल्टेन्सी नेपालमा  विगत १५ वर्षदेखि सञ्चालनमा आइरहेको छ ।  अष्ट्रेलियासहित भारत, श्रीलङ्का, पाकिस्तान, फिलिपिन्स र भियतनाममा पनि यस्को शाखा कार्यालयहरु छन् ।  विशेषतः अष्ट्रेलिया आएका विद्यार्थीहरुलाई रजिस्टर माइग्रेसन एजेन्टबाट उचित परामर्श दिने हव इन्टरनेशनलका पर्थ निर्देशक प्रमेश केसी बताउँछन । लामो समय सामाजिक सेवा ,सञ्चार  र हस्पिटालिटी क्षेत्रमा काम गरेका केसीले बेलायतबाट आफ्नो अध्ययन पुरा गरेर बिगत ६ वर्ष देखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन्।  उनी गैर आवासीय नेपाली संघ पश्चिम अष्ट्रेलियाका स्टेट युवा संयोजक हुन् भने पर्थ नेपाल नामक नेपाली संस्थाका सदस्य हुन्।  

उनै केसीसँग हव एजुकेसन, विदेश अध्ययनमा आउने विद्यार्थीको अवस्था, कोबिड १९ ले पारेको असर, अध्ययनका लागि आउने विद्यार्थीले पूरा गर्नुपर्ने कानूनी प्रक्रिया, विद्यार्थी भिजा लगायतको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ । 

नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियामा के कस्ता चुनौतीहरु छन् ?

त्यस्तो ठुला चुनौतीहरु त केहि पनि छैनन तर यो कोभिड १९ को कारणले अब अष्ट्रेलिया आउँन चाहने विद्यार्थीहरु धेरै कुरामा सतर्क हुनु पर्ने देखिएको छ।  सही कलेज र सही विश्वविद्यालयहरु छानेर विद्यार्थीहरु आएका छन् भने त्यस्तो समस्याहरु केही पनि पर्दैन । नेपालबाट आउने विद्यार्थीहरुलाई  कन्सल्टेन्सीहरुले उनीहरुको परिवारलाई उनका छोरा छोरी कलेज, विश्वविद्यालय के मा जाँदैनछन्, पढ्नको लागि शुल्क कति र्तिनुपर्छ, यहाँ आएर के के काम गर्न सकिन्छ । हप्ताको २० घण्टा भन्दा बढि काम गर्न पाइदैन, यहाँ कमाएको पैसाले खर्च नटरेमा नेपालबाट पनि पैसा पठाउनुपर्छ लगाएत सबै कुराको जानकारी लिएर आउँदा त्यस्तो केही फरक पर्दैन।  

विद्यार्थी भिसामा अष्ट्रेलिया आउँन चाहने विद्यार्थीले  कुन–कुन कुरा ध्यानमा राख्नु पर्छ ?

मुख्य कुरा भनेको भिसा लागिसकेपछि कुन सिटीको कुन कलेज वा बिश्वबिद्यालयमा आउँदै हुनुहुन्छ, त्यहाँको बारेमा उनीहरुले जान्नु पर्यो ।  विद्यार्थी आउँन चाहेको शैक्षिक सस्थाका नियम, कानून र अनुशासनका बारेमा कन्सल्टेन्सीमार्फत परामर्श लिनु पर्दछ । कति घण्टा काम गर्न पाउने र कति समय पढाईलाई दिनु पर्ने हो, त्यसको जानकारी राख्नुपर्छ।   


विद्यार्थी भर्ना गराउँदा त्यस शैक्षिक संस्थाको जानकारी लिनुहुन्छ कि हुन्न?
मैले आफैले विद्यार्थीहरुलाई पढ्नको लागि पठाउने कलेज तथा विश्वविद्यालयहरुमा विद्यार्थीहरु त्यहाँ जानुभन्दा अघि गएर त्यहाँको बारेमा बुझेर त्यहाँका सबै कुराको जानकारी लिए पछि उनीहरुसँग विद्यार्थी सम्बन्धि सम्झौता भएपछि मात्र आफ्ना विद्यार्थीहरुलाई  पठाउने गरेको छु । उदाहरणको लागि हामीले कुनै नयाँ विश्वविद्यालयमा आफ्ना विद्यार्थीहरु पठाउँने भयौं भने त्यहाँ सर्वप्रथम म आफैं जान्छु, विश्वविद्यालय तथा कलेज कस्तो छ हेर्छु र त्यहाँ विद्यार्थी मैत्री वातावरण छ विद्यार्थीहरुको लागि सुरक्षा व्यबस्था कस्तो छ त्यहाँका नियम कानुनको बारेमा जानकारी लिन्छु र सबै कुरा सहि छ भने मात्र  हाम्रा विद्यार्थीहरुलाई पढ्नको लागि पठाउँछु । त्यही भएर पनि हामी अन्य कन्सल्टेन्सी भन्दा फरक छौं। हामी व्यापार सँगसँगै मानवतालाई अघि सार्छौ। 


अहिले अष्ट्रेलिया आइसकेका धेरै विद्यार्थीहरुले उचित परामर्श नपाउँदा कतिको भिसामा असर परेको नि सुनिन्छ  नि?

अ, हो मैले पनि सुनेको छु खासमा नेपाली  विद्यार्थीहरु चिनेजानेको आधारमा अस्ट्रेलियामा परामर्श लिन्छन । उनीहरुलाई थाहा हुन्न कि कस्तो मान्छे वा संस्थासँग परामर्श लिएर अघि बढ्ने भनेर । त्यसैको फाइदा उठाउँदै रजिस्टर नभएका माइग्रेसन एजेन्टको सल्लाहले गर्दा यस्तो हुने गरेको देखेको छु । 
  

नेपाली विद्यार्थी खासमा के का लागि अष्ट्रेलिया आउँछन?
(हाहा लामो हसाईपछि) एउटा वाक्यमा भन्नु पर्दा पढ्न आफ्नो खुशी पुरा गर्न, र भविष्य सुरक्षित बनाउन।         


कोभिड १९ ले कस्तो असर पारेको छ विद्यार्थीहरुलाई ?
धेरै असर पारेको छ, धेरैको रोजगारी गुमेको थियो तर अहिले पश्चिम अस्ट्रेलिया भने  पुरानै स्वरुपमा जादैछ । प्राय धेरै विद्यार्थीहरु पुर्ण काम र शैक्षिक संस्थामा फर्किसकेका छन्। दुःख भन्दा पनि अवसरको रुपमा हेरिरहेको छु मैले चाँही । अब आउने विद्यार्थीहरुलाई शैक्षिक शुल्क देखि, सबैमा सरकारले सहुलियत दिंदैछ।       

विदेश पढ्न जानेहरुका लागि अष्ट्रेलिया नै पहिलो रोजाइमा पर्नुको कारण ?

पहिलो कुरा त यहाँको हावापानी हो। सँगसँगै धेरै नेपालीहरु अहिले अष्ट्रेलियामा छन्। अष्ट्रेलियाका कलेजहरुमा विद्यार्थीले रोजेका विषयहरु पढ्न पाउँछन्। काम गर्न र आय आर्जनका लागि पनि सजिलो छ अष्ट्रेलिया। यस्तै विभिन्न कारणले गर्दा विद्यार्थीहरुले अष्ट्रेलिया रोज्ने गरेको पाइन्छ।

अन्तमा केही भन्नु छ?
त्यही हो, अष्ट्रेलिया आउनु भन्दा अघि होस् वा आइसकेपछि दिमागमा राख्नु पर्ने कुरा भन्या यहाँको नियम, कानुन, पढाई, परिवार र भविष्य हो। यति कुरा ख्याल गर्नुभयो भने पछुताउनु पर्दैन ।