नेपाली साहित्यको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिने छु: राजेश बुढाथोकी, साहित्यकार

नेपाली साहित्यको अन्तर्राष्ट्रिय बजारीकरणमा ध्यान दिने छु: राजेश बुढाथोकी, साहित्यकार

मोटो मोटो ज्यान, झुस्स दारी पालेका, निधार माथिका दुई-तीन ओटा केसहरु फुलेका एक जना नेपाली युवा साहित्यकारलाई बरालिदै पर्थ सिटीको एउटा कफी पसलमा भेटे, यो भेटाइ आकस्मित नभईकन सुनियोजितनै थियो।  भर्खरै सम्पन्न अन्तर्रास्ट्रिय नेपाली  साहित्य समाजको अधिवेसनबाट निर्बिरोध उपाध्यक्ष बनेका उनि विदेशमा बसेर पनि नेपाली साहित्य, भाषा र सस्कृतिलाई संरक्षण गर्ने व्यक्तिहरुको अग्रपंतिमा आउँछन। 

साहित्यकार तथा कबि राजेश बुढाथोकी अन्तर्राष्ट्रिय नेपाली साहित्यमा परिचित नाम हो । नेपालको नवलपरासीमा जन्मिएका  बुढाथोकीले नेपाली साहित्यका कथा, र कविता तथा समालोचना विधामा कलम चलाउदै आएका  छन् ।  उनका फुुटकर रचनाहरु नेपाली पत्रपत्रिका, अनलाइन र मासिक पत्रिकाहरुमा  प्रकाशित हुँदै आएका छन् । साथै  केही वर्ष अगाडी उनले 'जलिरहेको एउटा देश' नामक कविता संग्रह प्रकाशित गरेका थिए भने यो लकडाउनको खालि समयलाई सधुपयोग गर्दै नयाँ कविता संग्रह प्रकाशनमा ल्याउदै छन्।  तेह्र बर्से लामो जीवनकाल अस्ट्रेलियामै बिताएका राजेश अहिले सफल व्यवसायीका रुपमा पश्चिम अस्ट्रेलियाको पर्थमा चिनिन्छन । उनै साहित्य साधक राजेश बुढाथोकीसँग अन्तर्राष्ट्रिय नेपाली  साहित्य समाजको आगामी चुनौती, लक्ष्य, भबिष्य र उनका जीवनका अन्तरंग कुराकानी यहाँ प्रस्तुत गरिएको छ । 

अहिले के मा व्यस्त हुनुहुन्छ ?
बिश्वभर आक्रान्त परिरहेको कोरोनासँग जुध्दै यतिखेर म परिवार, आफ्नो व्यावसाय र मेरो कलमलाई अरु बेला भन्दा धेरै समय दिरहेको छु।  

अहिलेको समयमा कुन विधामा धेरै  कलम चलिइरहनु भएको छ ?
वर्तमान समयमा पत्रपत्रिकाहरुको लागि लेखहरु र कविता तथा कथा लेख्ने कामहरु गरिरहेको छु ।  

केही रचनाहरु लेख्दै हुनुन्छ ?
अहिले म कोरोनाको बिदालाई सदुपयोग गर्दै 'उषा' नामक एउटा कविता संग्रह ल्याउदै छु ।

तपाईंलाई साहित्यको कुन विधाले चाहिँ धेरै मन छुन्छ ?
पठनको हिसाबले मलाई सबै विधाहरु मन पर्छन् । लेखनको हिसाबले कविता तथा लेख, निवन्धहरु नै हुन् । पछिल्लो समयमा कथा तिर पनि रुचि बढेको छ । सायद समयले साथ दियो भने केहि थान कथा संग्रह निकाल्ने पनि सोच छ ।

अँ साच्चि तपाई त अन्तरास्ट्रिय सहित्य  समाजमा निरबिरोध उपाधक्क्ष (ओसियानि) हुनु भएछ ?
(लामो हासो गर्दै) सायद मैले विदेशमा बसेर गरेको साहित्य कर्मले गर्दा साथिहरुले योग्य ठान्नु भएको होला। 

अन्तर्राष्ट्रिय साहित्य समाजमा पनि राजनीतिको प्रभाव बड्दो छ रे ?
जुन समाजमा मानिसको विरुद्धमा गर्भदेखि नै राजनीति लादिन्छ त्यो समाजबाट उठेर आएका हामि नेपाली जहाँ चुलो चौको देखि लिएर उद्योगधन्दा सम्म सबैतिर राजनीति चलिरहेको हुन्छ, यसमा साहित्य कसरी छुटथियो होला।  मैले राजनीति नगरौला तर अरुले गर्न छोडदैन्न त्यसको मतलब यो होइन कि साहित्यमा राजनीति चाहिन्छ, म यसको घोर बिरोधी हु तर साहित्य होस् कला होस् जे सुकै होस् राजनीति भन्दा पनि मान्छेको नियत, बिचार ठीक हुनुपर्दछ। 

तपाईंको कार्यकालमा के कस्ता योजना बनाउनुभएको छ ?
ठ्याक्कै यहिँ गर्छु भनेर भन्नु भन्दा पनि काम गरेर देखाउदा भन्न मज्जा हुन्छ कि भाइ तर पनि नेपाली साहित्यको अन्तर्राष्ट्रिय बजारीकरण, स्रस्टा सम्मान, र अन्य देशमा पनि अनेसासको संजाल बिस्तारमा ध्यान दिने छु। 

तपाईं त आफु नि युवा नै हुनुहुन्छ, तर आजकाल युवा पुस्तामा साहित्यप्रतिको रुचि घट्दै गएको पाइन्छ नी ?
युवा पुस्तामा साहित्यप्रति रुचि छ, तर यो संख्यात्मक रुपमा कमजोर हुनसक्ला । जब विद्यालयदेखि कलेजसम्मको अध्ययन सर्टिफिकेट र जागिरको लागि मात्र हो भन्ने मान्यताले घर गरिरहन्छ त्यतिखेरसम्म पठन संस्कृकिो विकास हुनसक्दैन । त्यसको लागि शैक्षिक संस्थाहरुमा प्राज्ञिक वातावरणको निर्माण हुनुपर्यो । जीवनलाई सुन्दर बनाउनको लागि सही ज्ञानको आवश्यकता पर्छ, त्यसको लागि असल साहित्यको अध्ययन जरुरी छ भन्ने सोंचको विकास गर्नुपर्ने हुन्छ । यसको जिम्मेवारी अग्रजहरुले पनि लिनुपर्ने हुन्छ । पछाडिको पुस्ताले अग्रजहरुलाई फलो गर्ने हो ।

साहित्यकारले रचना सिर्जना गर्दा के कुरालाई शीर्ष स्थानमा राख्नुपर्छ ?
साहित्य कुनै पेशा या व्यवसाय नभएर सामाजिक दायित्वहरुमध्यको एउटा महत्वपूर्ण दायित्व हो भन्ने ठान्दछु म । लेखक नै बरालियो भने उसले समाजलाई के दिन सक्ला रु त्यसैले यसको विकल्पमा लेखकले लेख्दै गर्दा आफ्नो लेखनको राजनीति एवं विचार दृष्टिकोणलाई सबैभन्दा शीर्षस्थानमा राख्नुपर्ने हुन्छ । जुन सामाजिक हीत र रुपान्तरण अनुकूल होस् ।

समकालीन साहित्यको मूल्यांकन कसरी गर्नुहुन्छ ?
यतिखेरको साहित्यको कुरा गर्दा कविता विधामा प्रभावकारी ढंगले काम भएको छ । पुरानो देखि नयाँ पुस्ताका कविहरुले यस विधामार्फत सामाजिक तथा राजनीतिक सरोकारका विविध पक्षहरुमा सार्थक हस्तक्षेप गरिरहेका छन् । आख्यान अहिले बढि बजार प्रभावित छ । अहिले लेखिनुपर्ने सामाजिक इस्युहरु पनि आएका छन् तर कम मात्रामा छन् ।