विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपाकाे निर्णय

विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेकपाकाे निर्णय

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले विदेशी बुहारीलाई ७ वर्षपछिमात्र नागरिकता दिने निर्णय गरेकाे छ ।

बालुवाटारमा बसेकाे नेकपा सचिवालय बैठकले नेपाली पुरुषसँग बैवाहिक सम्बन्ध कायम गरेकी महिलालालाई नेपालमा स्थायी बसाेबास गरेकाे ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेकाे प्रवकत्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी लगायतका दलले नागरिकता ऐन २०६३ कै प्रावधान अनुसार विदेशी बुहारीले चाहेकाे समयमा नागरितका दिनु पर्ने अडान राख्दै आएकाे थियाे ।

जसका कारण राज्य व्यवस्था तथा सुशासन समितिमा डेढ वर्ष अघि पुगेकाे नागरिकतासम्बन्धी विधेयक अनिर्णित बनेकाे थियाे ।

 समितिले भने ७ वर्षे समयसीमा राखेर नागरिकता दिने र त्यसबीचमा अफ्ठ्यालाई हल गर्न आर्थिक, सामाजिक अधिकारसहितकाे स्थायी आवासीय प्रमाणपत्र दिने प्रस्ताव ल्याएकाे थियाे । समितिकाे साेही प्रस्तावलाई अनुसार विधेयककाे काम अघि बढाउन निर्णय नेकपाले गरेकाे हाे ।