राजन गोदार, काठमाडौँ : नागरिकसँग महामारी नियन्त्रणको तैयारी गर्न, सङ्क्रमित र सङ्क्रमित सम्पर्क पहिचान सहज बनाउन र तिनलाई क्वारेन्टिन, आइसोलेट र ट्रिटमेन्ट गर्न लिइएको समयावधि हो लकडाउन । सङ्क्रमणको दर बढ्न नदिन वा घटाउन र आपतकालीन अवस्थाका लागि तम्तयार हुन लकडाउन प्रभावकारी हुन सक्ला । तर यो अन्तिम उपाय भने होइन । ढिलोचाँडो लकडाउन खोल्नै पर्छ र जनजीवन सामान्य बनाउनै पर्छ । तर यसरी बुझ्ने बुझाउने एवम् गर्ने गराउने गरियो कि मानौं लकडाउन नै कोरोना एन्टिडोट हो, भ्याक्सिन हो । लकडाउन आफैमा कोरोना भाइरसको समाधान हो । अर्थात् लकडाउन नै हो जसबाट महामारीमाथि विजय प्राप्त गर्न सकिन्छ ।
केही प्रश्न :
सामाजिक
दूरीको कानुनी प्रावधानसहित प्रोत्साहन एवम् कारवाही गरेर लकडाउनको विकल्प वा यसको प्रकृतिमा
सुधारको कुनै सम्भावना छ ? विदेशी आवागमन रोकेर घरेलु बन्दमा कुनै परिमार्जन सम्भव छ ? कति कोरोना विशेष स्वास्थ्य विशेषज्ञहरू (नर्स, डाक्टर एवम् सहयोगी) भौतिक, प्राविधिक, आर्थिक, मानसिक र व्यवस्थापकीय हिसाबले
तम्तयार गरिएको छ ? कति सङ्ख्यामा सङ्क्रमित हुन सक्ने अनुमान लगाइएको छ ? कति सङ्क्रमितलाई उपचार गर्न सक्ने पूर्वाधार (भौतिक, प्राविधिक, मानवीय स्रोत) बनाइएको छ ? कोरोना नभएका अन्य बिरामीलाई ‘घरमै बस, घरमै मर’ बाहेक अर्को कस्तो व्यवस्था गरिएको छ ? सिमामा आफ्नै घरको ढोका कहिले खुल्ला भनेर
पर्खिरहेका
दाजुभाइ दिदीबहिनीलाई सिधै मरे मर बाँचे बाँच
भनेर कहिलेसम्म सिमामै राखि छोड्ने ? सङ्क्रमित र सङ्क्रमित सम्पर्क
पहिचान एवम् परीक्षणको गेयर चेन्ज कहिले हुन्छ ?अल्पकालीन र दीर्घकालीन योजना,
अनुसन्धान केही छ वा छैन
? सङ्कटमा ढोका बन्द गरेर बसेका निजी नाफामुखी अस्पतालहरूको अनुमति कहिले खारेज हुन्छ ? सम्पूर्ण तयारी सकाएर जनजीवनलाई सामान्य बनाउन कुन मिति तोकिएको छ ?
भयङ्कर कोरोना र कामचलाउ काम :
एघार
दिनमा भएका गरिएका उपलब्धि, अभ्यास एवम् तयारीका खबरअनुसार घर बन्दाबन्दी (लकडाउन)
को अवधि किस्ताकिस्तामा गरेर लम्बाइरहने अनुमान जोकोही लगाउन सक्छ । अहिलेसम्म १
हजार २ सय ७७
को परीक्षण भयो । सङ्क्रमितको सङ्ख्या
बढेन । १ जना
निको भएर घर फर्के ।
बाँकीको उपचार भैरहेको छ । १
सय २० जना आइसोलेसनमा
छन् । प्रदेशबाटै कोरोना
परीक्षण सुरू भयो । तर परीक्षणको
परिणाम सुनिश्चित गर्न काठमाडौं कै कुनै दुई
अस्पतालले पुष्टि गर्नु पर्ने । २ सय
६४ घण्टामा खबर आउँछ कि परीक्षणको दायरा
फराकिलो बनाईँदै । हुनै पर्ने
र गर्नै पर्ने काम त यो हो
तर कहिले गरिन्छ ?
सरकारका
लागि अरू केही नगरिकन गर्न सक्ने एउटा मात्र सबभन्दा सजिलो, सस्तो र भरपर्दो वैकल्पिक
उपाय यही हो । ठीक
छ, लकडाउनलाई प्रोत्साहन गरौं । अनिवार्य बनाऔं
। उल्लङ्घन गर्नेलाई ठोकठाक गरौं, जरिवाना लगाऔं । तर, आपतकालीन
तयारी पूरै सुस्त छ । लकडाउन
मात्रै चुस्तदुरुस्त गरेर वा गराएर टिक्छ
कहिलेसम्म ?
यो
सरकार, बोलीबिक्ने÷सुनिने मान्छे, मिडिया “घरमै बसौं” भनेका भन्यै छन् । घरमै बसौं,
सुरक्षित रहौं । आफू बच्नुहोस्
र आफ्नालाई पनि बचाउनुहोस् । यी र
यस्ता खाले सन्देश फालेका फाल्यै छन् । मलाई भने
यस्ता सन्देशहरूसँग पूरै दिगदिग लाग्न थालेको छ । तपाईं
नै भन्नुस् त मित्र, गर्नै
पर्ने काम केही नगर्ने तर तपाईंलाई ‘रात
त जाओस् अग्राख पलाई हाल्छ’ को शैलीमा घरभित्रै
बसिराख, ढिलोचाँडो सब ठीक हुन्छ
भन्यो भने तपाईंको प्रतिक्रिया के मेरो जस्तै
हुन्छ कि अरू केही
? १ सय ८० डिग्रीको
लकडाउनले मात्रै सम्माननीय सरकारको लाज कहिलेसम्म ढाक्ला ?
पुसको
पहिलो हप्तादेखी नै कोरोनाले आफ्नो
चर्तिकला देखाउन सुरू गरेको थियो । मुनाफाको क्याल्कुलेटर
थिच्दा–थिच्दा कछुवाको गतिमा केही थान अत्यावश्यक सामग्री मगाइन्छ । र, भगवान
सिद्ध भएको गफ दिइराखिन्छ ।
तपार्इंलाई दिक्क लाग्दैन भने म तपाईंको धैर्यको
फ्यान हुँ । यो बन्द
र त्यो बन्द गर्दै महिना १५ दिनको समयले
नपुगेपछि नागरिकलाई घरबन्दी बनाउने योजना भयो, कार्यान्वयन भयो । अनि ठप्प
भयो । अन्य योजना
बनेका थिए भने कार्यान्वयन हुन्थे होलान् । हामीले थाहा
पाउँथ्यौं होला । के योजना
बने, बनाइए, महामारी नियन्त्रणका लागि के कस्ता उल्लेखनीय
काम भैरहेका छन् भन्ने कुरा दैव जानोस् । भयङ्कर कोरोनाको
अगाडि चानचुने गफगाफ र कामचलाउ कामको
के कुरा ।
सरकार, भ्रम र कोरोना :
लकडाउन
घोषणा भएको दिन म एउटा ठूलो
भ्रमबाट बाहिर आएँ । मलाई लाग्थ्यो
कि सरकारसँग भौतिक, बौद्धिक सबै किसिमका क्षमता छन् । सत्तामा जो
जमात छ, त्यो क्षमतावान
छ, त्योसँग विवेक छ, सिर्जनात्मकता छ
। समस्यासँग जुध्न भौतिक स्रोतसाधन मात्रै प्रभावकारी हुँदैन । उपलब्ध स्रोतसाधनको
सिर्जनात्मक उपयोग कसरी गर्ने भन्ने विषयको पनि ठूलो महत्व हुन्छ । कठै बरा,
हरेश खाएर ढलेको मान्छे जस्तो पो छ ।
वास्तविक समस्यामा धेरैको वास्तविक प्रवृत्ति, चरित्र खुल्छ भनेको सायद यही हो । यिनका
गफले कोरोना भाग्ने भए उहिले भाग्न
वाध्य भैसक्थ्यो कोरोना । कतिपय भन्छन्,
सरकारले लगाउँदै आएको मास्क कोरोनाले खोलिदियो र यसको वास्तविक
जाँगर, इच्छाशक्ति, लोभमोह, सिर्जनात्मकता, क्षमता सबै दुरूस्त देखियो । मेरो भ्रमको
पनि पर्दा खोलिदियो । कम्तिमा यसकालागि
कोरोनालाई धन्यवाद ।
लकडाउन
पालना गर्न गराउन जुन रवैया देखिएको छ त्यसले यो
लकडाउन होइन कफ्र्यू हो भन्छ ।
बरु सिधै भनिदिए हुन्छ नि । इतिहासकै
प्रिय सरकारको काम बोल्नु हो, बोलिदिए भैगो नि ।
साधन
एवम् स्रोतको अभावमा होस वा आफैलाई कोरोनाले
छोला भन्ने डरले होस् वा खासै नाफा
नहुने भएर होस् यो महामारीबाट जोगिन
जोगाउन जसले उत्साहजनक र प्रभावकारी काम
गर्न सक्थ्यो त्यही हतोत्साही छ । जसले
उत्कृष्ट कर्म गर्न सक्नु पथ्र्यो त्यही निष्क्रिय छ । यसमा
उनीहरूप्रति खासै गुनासो छैन् । उनीहरूलाई हतोत्साही
बनाउने वा उत्साही बनाउन
नसक्ने एक मात्र भूमिका
उही तपार्इं हाम्रो सम्माननीय सरकारको छ । त्यसैले
त भन्छु, चानचुने तयारी मै चर्चित छ
प्रिय सरकार । मानेँ, कोरोना
फैलिने अनुपात घटाउन लकडाउन । तर सरकारी
कर्म यस्तो छ कि यो
सङ्कट आफसे आफ सकिन्छ झैं
पो गरिरहेछ ।
गुनासो :
परीक्षण
पनि नगर । सङ्क्रमित एवम्
सङ्क्रमित सम्पर्क पहिचान पनि नगर । स्वास्थ्यकर्मीलाई सम्पूर्ण तवरले
(उपकरण, कवच, तकनिकी) तयार पनि नगर । सङ्क्रमितलाई उपचारको
लागि सहज एवम् सम्मानजनक वातावरण पनि नबनाउ । भौतिक तथा
मानवीय स्रोतसाधनको जोहो पनि नगर । मानिसलाई परीक्षणका
लागि उत्साहजनक वातावरण पनि नबनाउ । अर्थात् केही
पनि नगर । लकडाउन गर
। यसमै भाग्य, भगवान खोज । यसमै भरोसा
गरि बस । लकडाउन
नमान्नेलाई गाली गर, ठोकठाक गर्न लगाउ । केही नगरे
पनि कम्तिमा १ वर्ष नागरिकलाई
घरबन्दी बनाउन सफल भयौ भने त कोरोना पनि
मरिजाला । होइन ?
परिस्थिति
हेरेर निर्णय गर्ने होइन । यो त
पर्ख र हेर जस्तो
कुरा भयो । अध्ययन, अनुसन्धानबाट
कस्तो परिस्थितिको निर्माण हुँदैछ भन्ने पुर्वजानकारी हुनुपर्छ महोदय । र, त्यो
परिस्थितिसँग जुध्न गर्नुपर्ने तयारी पुर्वनिर्धारित हुनुपर्छ । कोरोनाले पर्खिबस्दैन
हजुर ।
यो र त्यो गरेको, भएको, भैसकेको हल्ला गरिराख । तिम्रो व्यवस्थामा मानिस आफ्नो रोगको उपचार गरेर बाँच्नुभन्दा रोग लुकाएर मर्न अभिशप्त छ । सम्माननीय सरकार, तिमी पनि बन्दी भैजाऊ । घरमै बस । अहिलेलाई तिम्रो क्याल्कुलेटर र भजनमण्डली बाहेक अन्य केही चिजले पनि तिमीलाई प्रेरित गर्न सक्दैन । निद्रा पूरा गर । कोरोना सक्किएपछि फेरि गफसफ लगाउने ठूलो जिम्मेवारी बहन गर्नुछ । शुभकामना !
स्टे होम स्टे सेफ होइन सरकार टेस्ट एन्ड सेभ अस :
लकडाउनको
विकल्प खोज्ने न कामन कुनै
तयारी भैरहको छ । तसर्थ
यसको अन्त्यहिन दुष्चक्रमा हामी फँस्दै जाँदैछौं । त्यही दिन
अन्त्यहोला जहिले हामी सबैलाई कोरोनाले छुन्छ तर हाम्रो प्रतिरक्षाशक्तिको
विकास भैसकेको हुन्छ । स्टे होम,
स्टे होम र स्टे होम
भन्न छोडिदिनुस् । बोल्न थालिदिनुस
कि, टेस्ट एन्ड सेभ अस, टेस्ट एन्ड सेभ अस र टेस्ट
एन्ड सेभ अस ।
अन्त्यमा :
सबै वर्गमा लकडाउनको एउटै प्रभाव पर्दैन् । लकडाउनको अर्को किस्ता थपियोस् । केही छैन । तर यो महामारीसँग जुध्ने हर एक सम्भव उपायलाई छिटोभन्दा छिटो सक्रिय बनाऊ । होइन भने घरबन्दीबाट नागरिक छिट्टै आजीत हुन्छन् । ‘बाँचे बाँचियो, मरे मरिहालिन्छ’ भन्दै लकडाउनको सर्वत्र उल्लङ्घन हुन्छ । यसको सङ्केत लकडाउनको ३० औं दिनदेखि देख्न पाइने छ ।