काठमाडौं : लकडाउनका अवधिमा वितरण गरिने खाद्य तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति र उपलब्धता कस्तो हुन्छ भन्ने चिन्ता सर्वत्र छाएको छ । उपभोक्ताहरुलाई अत्यावश्यक खाद्यवस्तु तथा सामग्री सहज उपलब्ध हुने हो कि होईन बन्ने चिन्ता सर्वसाधारलाई रहेको छ । बाह्य मुलुकसँगको आपूर्ति व्यवस्था सामान्य रहेको दाबी गरेको सरकारले आपूर्ति व्यवस्था रोकिए पनि सरकारी गोदाममा रहेकै खाद्यान्नले थप तीन महिना मुलुक धान्ने दाबी गरिरहेको छ ।
कोरोना भाइरसको संकट गहिरिएको अवस्थामा खाद्यान्न अभाव हुन नदिन सरकार र व्यापारीहरु बिच छलफल भइरहेको छ। केन्द्रीय भण्डारण तथा देशभरमा रहेको गोदाममा गरेर एक लाख चार हजार सात सय ७४ मेक्ट्रिक टन चामल भण्डारमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यस्तै देशभरका गोदाममा एक लाख ४६ हजार मेक्ट्रिक टन धान अहिले मौज्दात छ ।
उक्त धानबाट ९४ हजार मेक्ट्रिक टन चामल तयार हुनेछ । धानबाट चामल बनाउन तीब्र गतिमा देशैभरका मिलहरु सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत मात्रै कुल एक लाख ९८ हजार आठ सय ५५ मेक्ट्रिक टन चामल हुनेछ । यस्तै, दुर्गमका २२ जिल्लाको भण्डारण केन्द्र तथा पसलमा गरेर ३४ हजार दुई सय ४७ मेक्ट्रिक्टन चामल पनि मौज्दात छ। अहिले सरकारी भण्डार तथा गोदाममा हाल दुई लाख ३३ हजार एक सय दुई मेक्ट्रिक टन चामल रहेको छ। उक्त भण्डारले कम्तीमा पनि तीन महिनाको बजारको माग धान्न सक्ने सरकारी आँकलन गरेको छ।
देशभर रहेको धान र चामल भण्डारन
सि.नं.
स्थान
चामल (क्वीन्टल)
धान (क्वीन्टल)
१
बिर्तामोड
९५२४
८००६
२
विराटनगर
१,८९८
!
३
लहान
६,९३३
१५५८८
४
जनकपुर
७५
१४२१५
५
वीरगञ्ज
१४,०४२
१४८९५
६
भैरहवा
३,५००
!
७
पोखरा
८००
!
८
सुर्खेत
१३७६५
!
९
तुलसीपुर
१२३४
१०
नेपालगञ्ज
२७२२०
१५२००
११
राजापुर
!
४८०००
१२
धनगढी
१४५७
२४२०८
१३
महेन्द्रनगर
!
५७५०
१४
काठमाडौं
२४२२६
!
१५
२३ दुर्गम जिल्लाको
३४२४७
जम्मा
१०४७७४ धानको चामल ९४१७४.५६
१४६००७.०७ चामल ९४०८१
कुल मौज्दात
२३८१० मे.टन
दुर्गम जिल्लाको डिपो समेतको खाद्यान्न (चामल) को विवरण