अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं। अल नासर एएफसी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा इरानी क्लब इस्टेघलाल एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० को नतिजासहित अल नासर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

यस खेलमा जोन दुरानले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । साथै यस खेलमा खेलको पहिलो हाफको इन्जुरी समयमा मेहरान अह्मादीले रातो कार्ड पाएपछि इस्टेघलाल १० खेलाडीमा सिमित भएको थियो।  यस अघिको राउण्ड १६ को पहिलो लिग गोलरहित बराबरीमा सकिएको थियो।  

अब क्वाटरफाइनलमा अल नासरले कतारी क्लब अल साडसँग खेल्ने छ।