काठमाडौं। जीवनमा साथीको महत्व धेरै हुन्छ । असल साथीले असल जीवनकै रुपरेखा निर्धारण गर्दछ भने खराब साथीले खराव रुप रेखा निर्धारणमा सहयोग गर्दछन् । केटा होस्, केटि जो सुकै होस् एक अर्कालाई बुझ्न गाह्रो छ । सबैको बानी उस्तै नभएपनि धेरै बानीहरु मिल्द जुल्दा हुने गर्दछन हामीले यहाँ केहि बानिहरुको चर्चा गरेका छौ ।
बिशेषगरि युवा पुस्ताका केटा र केटीहरुबीच एक अर्कालाई बुझ्न निक्कै कठिन भैरहेको हुन्छ भने केटीहरुलाई बुझ्न केटाहरु सँधै नै असफल भएका पाइन्छन् । त्यसैले यी १० ओटा कुराले तपाइलाई आफ्ना गल्ति कमजोरीलाई बेलैमा सच्याउनको लागि धेरै महत्वपूर्ण हुन सक्छन । यदि तपाइँलाई पनि यस्तै समस्या भैरहेको त छैन रु छ भने यहाँ कुनै पनि केटीलाई केटाको मन नपर्ने १० बानीको चर्चा गरेका छौं।
१. दुर्गन्ध. कुनै पनि केटो नजिक पर्दा उसको शरीरबाट तीव्र गन्ध आउँछ भने त्यस्तो अवस्था केटीहरुलाई पटकक्कै मन पर्दैन । पसिना त हो नि भनेर केटीको नजिक जाने भूल कहिल्यै पनि नगर्नुस् ।
२. अस्थिर. केही न केही चलाउने र शर्टको टाँक भए पनि खोलिरहने केटा केटीलाई मन पर्दैन । अस्थिर स्वभावका कारण केटीहरु टाढा हुन्छन् । अझ पाखुरा देखाउने केटा त केटीलाई मन नै पर्दैन । केटाहरुले केटीको आगाडी अंग प्रदर्शन नगरेकै राम्रो ।
३. कन्याउने. कन्याउँदै केटीको नजिक जाने केटालाई केटीहरुलाई मन पराउँदैनन् । चिलाएकै छ भने पनि केटीको नजिक जाने समयमा नकन्याउनुस् ।
४.अश्लिलता. खुल्लमखुल्ला अश्लिलता प्रदर्शन गर्ने केटाहरु पनि मन पर्दैन केटीहरुलाई । केटीहरुलाई अश्लिल साइट वा चलचित्र हेर्न जवर्जस्ती गर्ने बानी छ भने आजै देखि छोडिदिनुस् ।
५. संवेदनशील अंगमा नजर. केटीहरुले केटाहरुले आफूलाई कहाँ हेरिरहेका छन् भन्ने कुरा खुव ख्याल गर्छन् । आफूले सृंगार गरेका कुरामा ध्यान दिने र आफ्नो ओंठ, बक्षस्थल, आइब्रो र पाखुरामा मात्र हेर्ने गरेको पटक्कै मन पराउँदैनन् ।
६. ब्रेकअपमा खेल्ने. कुनै पनि केटीको सम्बन्ध भर्खरै टुटेको छ र केटाहरुले प्रेम प्रस्ताव राख्दै आउँछन् भने त्यस्ता केटा कहिल्यै पनि मन पराउँदैनन् । कुनै पनि केटीको ब्रेकअप भयो भन्दैमा तपाइँ दाउ हाल्न नजानुस् ।
७. खुला ठाउँमा पिसाव. केटीहरुले लाजै नमानी खुला ठाउँमा पिसाव गर्ने केटाको बानी पटक्कै मन पराउँदैनन् । अधिकाँश केटामा हुने यो बानी मन पर्दैन केटीलाई । केटीको साथमा भएको समयमा खुल्ला ठाउँमा पिसाव फेर्ने भुल नगर्नुस् ।
८. चरित्रका कुरा. केटीहरु बोल्ड हुँदै गएका छन् । आधुनिक केटीहरुलाई खाली चरित्रका कुरा गर्ने र केटीहरु केही खुल्ने वित्तिकै अनेक प्रश्न उठाउने केटाहरुसँग रिस नै उठछ् । बोल्डनेस र चरित्र फरक कुरा हुन् भन्ने मान्यता हुन्छ आधुनिक केटीको ।
९ .डकार. केटीहरुलाई आफ्नै अगाडी डकार्ने केटाहरुको बानी मन पर्दैन । बरु लसुन वा पुदिना खाएर जानुस् तर केटीहरुको अगाडी डकार कहिल्यै पनि नगर्नुस् ।
१०. घुरेर हेर्ने. केटीहरुलाई घुरेर हेर्ने केटा मन पर्दैन । उनीहरुलाई मायालु नजर मन पर्छ । केटाहरुले घुरेर हेरे भने असहज लाग्छ ।