मन्त्रीपरिषद पुनर्गठनका विषयमा छलफल हुँदै

मन्त्रीपरिषद पुनर्गठनका विषयमा छलफल हुँदै

काठमाडौं : पार्टी र सरकार सञ्चालन बारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । प्रधानमान्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउँने, मन्त्रीपरिषद पुनर्गठन गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

हिजो (शुक्रबार) समेत प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलका बीचमा तीन घण्टा लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ । बालुवाटारमा भएको छलफलमा मन्त्रीपरिषद पुनर्गठन, पार्टी र सरकार सञ्चालन लगायतका विषयमा गम्भिर छलफल भएको छ ।

मन्त्रीपरिषद फेरबदल गर्ने चर्चासँगै मन्त्री बन्नेहरुको होडबाजी चलेपछि त्यसको व्यवस्थापन गर्न अध्यक्षद्वय ओली र प्रचण्डलाई हम्मेहम्मे परेको छ । त्यसैकारणले मन्त्री परिषद पुनर्गठनमा ढिलाई भएको बताइन्छ ।