काठमाण्डौंबाट विप्लवका १३ कार्यकर्ता पक्राउ

काठमाण्डौंबाट विप्लवका १३ कार्यकर्ता  पक्राउ

काठमाण्डौं : प्रहरीले काठमाडौंबाट नेत्रविक्रम चन्द ९विप्लव० समूहका एक दर्जन बढी कार्यकर्ताहरुलाई पक्राउ गरेको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गबाट प्रहरीले १३ जनालाई पक्राउ गरेको हो ।

विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गर्न लागेका थिए । कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला प्रहरीले उनीहरुलाई पक्रेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका पुलिस क्लबमा लगिएको छ।