त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

काठमाण्डौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा.धर्मकान्त बास्तोलाको कार्यकक्षमा तोडफोड गरेको छ । गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविंघस त्रिवि समितिले उपकलपतिको कार्यकक्ष तोडफोड गरेको हो ।

नेपाल विद्यार्थी संघले लामो समयदेखि विश्वविद्यालयमा राजनैतिक भागबन्डा बन्दको माग गर्दै आएका छन् । उपकुलपति बास्कोटा विद्यार्थीको मागमा उदासिन देखिएपछि आफूहरु तोडफोडमा उत्रिनुपरेको नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलले बताए ।

उपकुलपति बास्तोलाले भने आफूलाई नियुक्त गरेको पार्टीको दवाबमा रजिस्ट्रार नियुक्त गरेको भन्दै नेकपाभन्दा बाहिर गएर नियुक्त गर्न नसक्ने अवस्था रहेका प्रतिक्रिया दिएको रावलले बताए । आफूहरुको माग सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने नेविसंघ त्रिविका अध्यक्ष हरि आचार्यले बताएका छन् ।