बिना निष्कर्ष टुंगियो नेकपाको सचिवालय बैठक

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ। आज बिहान ९ बजेपछि बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारका सम्बन्धमा छलफल भएको बुझिएको छ। गत असोजदेखि सभामुख पद रिक्त रहेको छ। त्यस्तै गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरसन च्यालेञ्ज ९एमसीसी० बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो। तर, यी विषयमा सचिवालयले केही निर्णय लिन नसकेपछी बिना निष्कर्ष बैठक टुंग्याइएको हो ।