प्रधानमन्त्री ओली डायलासिस गर्न शुक्रबार अस्पताल पुगे

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि शुक्रबार दिउँसो महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर गएका छन्।

सेन्टरमा प्रधानमन्त्रीको डायलासिस अहिले जारी रहेको छ। नियमित डायलासिसका लागि गएको र आजै सकेर निवास फर्किने बालुवाटार स्रोतले बताएको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ।