संंसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं : संंसदमा बहुमत भएको सत्तरुढ दलले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा आजको बैठक स्थगित भएको छ । संसद सचिवालयले सुचना टाँसेर १६ पुससम्मका लागि स्थगित गर्रको हो । बैठक आज १ बजेको लागि बोलाइएको थियो ।

सभामुखको उम्मेद्वार चयनमै अलमल भएपछि सत्तारुढ नेकपाकै आग्रहमा बैठक स्थगित गरिएको हो । उपसभामुखले राजीनामा नदिएको र नयाँ सभामुखको उम्मेद्वारको टुंगो लाग्न बाँकी रहेकाले बैठक पछि धकेलिएको हो ।