सरकारमा कम्युनिस्ट बाहेक अरु पनि छन् भन्ने अन्त्य भयो : मन्त्री यादव

सरकारमा कम्युनिस्ट बाहेक अरु पनि छन् भन्ने अन्त्य भयो : मन्त्री यादव

काठमाडौं : सरकारलाई दिएको समर्थन फिर्ता लिएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दुई तिहाइको दम्ब सकिएको टिप्पणी गरेका छन् ।

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा राख्न नदिएपछि समाजवादीबाट सरकारमा गएका उपप्रधान तथा कानूनमन्त्री यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए । त्यसको भोलिपल्ट समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा समाजवादीका अध्यक्ष यादवले भने, ‘हिजोसम्म सरकारको दुई तिहाईको दम्भ थियो, त्यो आजदेखि समाप्त भयो ।’ साथै सरकारमा कम्युनिस्ट बाहेक अरु पनि छन् भन्ने पनि अन्त्य भएको उनले बताए ।