चार देशका लागी राष्ट्रपति भण्डारीद्धारा गैरआवासीय राजदूत नियुक्त

चार देशका लागी राष्ट्रपति भण्डारीद्धारा गैरआवासीय राजदूत नियुक्त

काठमाण्डौ : राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्यूजिल्याण्ड र इटलीका लागि गैर आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई फिलिपिन्स, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीलाई मोनाको, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई न्यूजिल्याण्ड र स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईलाई इटालीको गैरआवासीय राजदूतमा बुधबार (आज) नियुक्त गरेको हो ।