समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्न पहल थाल्ने

काठमाडौं : समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए ।

उपप्रधान तथा कानूनमन्त्री यादवले सोमबार मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री ओलीले रोकेपछि हिजो राजिनामा दिएका थिए । यादवसंगै समाजवादी पार्टीबाट मन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि राजीनामा बुझाएका थिए ।