काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने

काठमाण्डौ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशन लगायतका विषयमा सहमति हुन नसकेपछि पुुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि सरेको हो ।

मङ्सिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन नसकेपछि विभिन्न समयमा बोलाइएको बैठक स्थगित हुँदै आएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक पुस ११ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिएका छन् । (रा.स.स)