सरकार छोड्ने समाजवादी पार्टीकाे निर्णय

सरकार छोड्ने समाजवादी पार्टीकाे  निर्णय

काठमाडौं : सत्तासाझेदार दल समाजवादी पार्टीले सरकार छोड्ने भएको छ ।आज (मंगलबार) पार्टी मुख्यालयमा बसेको पदाधिकारीको बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै परामर्श नगरि उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले संविधान संशोधनको प्रस्ताव लगेपछि प्रधानमन्त्री ओलीको हप्काइ पाएका थिए ।

त्यसैलाई निहु बनाएर आज बसेको पदाधिकारीको बैठकले सरकार छाड्ने निर्णय गरेको स्रोतले बताएको छ ।यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए ।

संविधान संशोधनको सहमतिसहित सरकारमा सहभागी भएकोभएतापनि सत्तारुढ नेकपाले संविधान संसोधन गर्न नखोजेपछि सरकारबाट बाहीरीएको बताइएको छ ।