नाकाबन्दीमा आगो ओकल्न तयार प्रधानमन्त्री अहिले किन मौन : सांसद पाण्डे

नाकाबन्दीमा आगो ओकल्न तयार प्रधानमन्त्री अहिले  किन मौन : सांसद पाण्डे

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको पहलबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सीमा अतिक्रमणविरुद्ध सिंगै नेपाल एकाकार भएको बताए ।

सर्बदलीय बैठकमा सबैले भारतसँग राजनीतिक स्तरमा वार्ता गर्ने जिम्मा सरकारको हो भनेर प्रधानमन्त्रीको हात बलियो बनाएको भए पनि सरकारले त्यसअनुसार प्रयास नगरेको देखिएको उनले बताएका छन् ।

‘जुन बेला नाकाबन्दी भएको थियो,त्यसबेला आगो ओकल्न तत्पर हुनु भएको प्रधानमन्त्री अहिले मौनता किन साँधिरहनु भएको छ ? किन राजनीतिक तहमा वार्ता गर्ने कोसिस गरिँदैन ? प्रधानमन्त्रीलाई प्रश्न राखेका छन् । यसबारे प्रधानमन्त्रीले संसदलाई सदनमै आएर जवाफ दिनुपर्ने कांग्रेस सांसदको माग रहेको छ ।