मानव बेचबिखन हुन नदिन गरिवी निवारण : मन्त्री गुरुङ

मानव बेचबिखन हुन नदिन गरिवी निवारण : मन्त्री गुरुङ

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री ले मानव बेचबिखन हुन नदिन सरकारले गरिवी निवारण गर्ने कामलाई जोड दिएको बताएका छन्।

मन्त्री गुरुङले मानव बेचबिखन हुनुको मुख्य कारण गरिवी रहेको औंल्याउँदै त्यसको अन्त्य गर्ने अभियानमा अघि बढेका सबै संघ, संस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताए।

मानव बेचबिखन लगायतका घटना हुन नदिन गरिवी निवारणको क्षेत्रमा इमान्दार भएर काम गर्न सबै सामाजिक संघ, संस्थाहरुलाई आग्रह गरेका छन्। उनले मानव बेचबिखनविरुद्धको अभियानमा उत्कृष्ट काम गर्ने संघ, संस्थालाई सरकारले पुरस्कृत गर्ने र त्यस अभियानको नाममा गलत काम गर्ने संघ, संस्थालाई कडा भन्दा कडा कारबाही गर्ने चेतावनी समेत दिएका छन्।