नेकपाको केन्द्रीय समिति बैठक आगामी पुस २० मा बस्ने

काठमाडौं : सत्तारुढ दल ९नेकपा०को केन्द्रीय समितिको बैठक आगामी पुस २० गते बस्‍ने भएको छ। नेकपाको स्थायी समिति बैठकले अदक्ष्यद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तवामा पुस २० गते केन्द्रीय समितिको बैठक राख्‍ने निर्णय गरेको स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए।

मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठक जारी छ। जारी बैठकमा शनिबार महासचिव विष्णु पौडेलले धारणा राखेका छन्। नेकपाको केन्द्रीय समितिमा ४४५ सदस्य रहेका छन्। यसअघि २०७५ जेठ ३ गते बैठक बसेको थियो।