नेकपाको संसदीय दलको बैठक बस्दै ,स्थायी कमिटी बैठक स्थगित

नेकपाको संसदीय दलको बैठक बस्दै ,स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाइएको हो । अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको सहभागिता भने निश्चित भएको छैन । प्रधानमन्त्रीले सकेसम्म आफू बैठकको अध्यक्षता गर्न आउने जानकारी दिएको उपनेता सुवास नेम्वाङले बताएका छन् ।