प्रधानमन्त्री ओली फेरी अस्पतालमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको डायलासिस गरिएको छ । ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको करिव १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको हो ।