काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका सभापति देउवाले प्रधानमन्त्री ओलीको स्वाथ्यबारे चासो राखेको बताइएको छ । साथै उनले संवैधानिक परिषदसम्बन्धी विवादास्पद विधेयक नल्याउन आग्रह गरेका छन् ।
सरकारले संवैधानिक परिषदसम्बन्धी कार्य्विधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।