सहमति खोज्दै कांग्रेस ,सस्थापन बाहेकका समुहबीच छुट्टै छलफल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजका दिएँसो एक बजेकालागि बोलाइएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनको कार्यतालिका, विभागहरु गठन र भ्रातृसंगठनको भागबन्डाका विषयमा थप छलफल हुँदैछ।

गत मंसिर २६ गते शुरु भएको बैठकमा महाधिवेशन र विभाग गठनका विषयमा छलफल भएपनि सस्थापन पक्ष र सस्थापन बाहेकका समुहबीच सहमति जुट्न सकेको छैन्। सभापति शेरबहादुर देउवा आगामी महाधिवेशनको कार्यतालिका ल्याउन तयार भएपनि विभाग गठन, तरुण दल र नेविसंघको भागबन्डाका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत अन्य समूहसँग समझदारी जुटेको छैन्।

यस विषयमा संस्थापन बाहेकका समुहले एकमत बनाउन भन्दै छलफलमा जुट्दै आएका छन्। आजपनि संस्थापन बाहेकका समुहको बैठक केहीबेरमा पौडेल निवास बोहराटारमा बस्दै छ ।