नेपालले चौधौँ सागमा ७५ स्वर्ण जित्छ

नेपालले चौधौँ सागमा ७५ स्वर्ण जित्छ

काठमाडौं : राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले ७५ स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्मा १३औँ सागमा बक्सिङतर्फ पदक विजेता खेलाडीलाई तथा चीन जाने बक्सिङ खेलाडीको बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले १४औँ सागका लागि अहिलेदेखि नै तयारी थाल्न निर्देशन दिनुभयो ।


उहाँले १३औँ सागमा लक्ष्यअनुरुप नै नेपालले पदक जितेकामा खुशी व्यक्त गर्नुभयो । “तेह्रौँ सागमा स्वर्ण जित्नेले एशियाली खेलकूलमा समेत स्वर्ण नै जित्नु प¥यो”, उहाँले भन्नुभयो, “अब त्यही अनुसार तयारी थाल्नुस् ।” प्रतियोगिता सम्पन्न भएको पाँच दिनभन्दा बढी समयसम्म प्रशिक्षणविहीन अवस्थामा बस नहुने भन्दै उहाँले अभ्यासमा जुट्न खेलाडी तथा प्रशिक्षकलाई निर्देशन दिनुभयो ।

ह्रौँ सागमा महिला खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको सदस्यसचिव सिलवालको भनाइ थियो । “तेह्राँै सागमा ५१ मा ३० स्वर्ण महिला खेलाडीले जिते”, उहाँले भन्नुभयो, “महिला खेलाडीलाई खेलतर्फ आकर्षित गर्न जरुरी छ ।” पदक जित्ने खेलाडीलाई सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय सरकारले समेत नगदसहित सम्मान गर्न लागेको उहाँले उल्लेख गर्नुभयो । रासस