पौडेल समूहले बोलायो गुटको बैठक, केन्द्रीय समितिको आजको बैठक पनि बहिस्कार

पौडेल समूहले बोलायो गुटको बैठक, केन्द्रीय समितिको आजको बैठक पनि बहिस्कार

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार पनि केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ । संस्थापन पक्षसँग वार्तापछि शीर्ष नेताहरुबीच भएको छलफलले बैठकमा नजाने निर्णय गरेको छ ।

त्यअघि पौडेलपक्षसंग सहमति जुटाउन उपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका थिए । तर वार्तासकारात्मक भए पनि टुंगोमा पुग्न नसकेको बैठकमा सहभागि एक नेताले बताए । निर्णयमा नपुगेसम्म बैठक बहिस्कार गर्ने बताइएको छ । पौडेल पक्षले दिउँसो तीन बजे आफ्नो पक्षको बैठक बोलाएको छ ।

१४ औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेण्डा बनाउनुपर्ने माग गर्दै पौडेल समूहले बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै आएको छ ।