प्रकाशमानको घरमा कांग्रेसभित्र सहमति खोजिदै

प्रकाशमानको घरमा कांग्रेसभित्र सहमति खोजिदै

काठमाडौं : नेपाली कांग्रेसका संस्थापन र रामचन्द्र पौडेल समूहबीच सहमतिको प्रयास तीब्र भएको छ । १४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउनुपर्ने माग राख्दै वरिष्ठ नेता पौडेलको समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो ।

शुक्रबारको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका रामचन्द्र पैडेल पक्षलाई सहमतिमा ल्याउन पार्टी सभापति शेरबहादुर देउवाले शनिवार पौडेललाई भेटेका थिए । सहमति जुटाउन उपसभापति विमलेन्द्र निधिले पौडेल समूहको वार्ता टोलीसँग छलफल गरेको भएपनि ठोस निष्कर्षमा नपुग्दा पौडेल पक्षले हिजको बैठकपनि बहिस्कार गरेको थियो । पैडेल पक्षले बहिस्कार गरेसंगै बैठक आज दिएँसो १ बजेकामलागि बोलाइएको छ ।

बैठक अगाबै पौडेलसक्षसंग सहमतिका लागि बार्ता समिति बिचको छलफल शुरु भएको छ । प्रकाश मान सिंह निवासमा सुरु भएको छलफलमा उपसभापति बिमललेन्द्र निधि पुर्ब महामन्त्री प्रकाश मान सिंह र केन्द्रीय सदस्य हिर्दयराम थानि दिलेन्द्र प्रसाद बडु सभागि हुनुहुन्छ । वरिष्ठ नेता पौडेल सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको बताएका छन् ।पौडेल र सिटौला पक्षका नेताहरु केन्द्रीय समिति बैठकमा आगामी महाधिवेशनको एजेण्डामा छलफल हुनुपर्ने बताउँदै आएका छन्।

सभापति देउवाले महाधिवेशनको तयारी अघि केन्द्रीय विभागहरु गठन र समायोजनको काम सम्पन्न गर्न लागेपछि केन्द्रीय समितिमा असन्तुष्टि बढेको हो।