नेकपा स्थायी कमिटी बैठक : राजनीतिक प्रतिवदेनमाथि आज छलफल

काठमाडौं : नेकपाको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनितिक प्रतिवेदनमाथी छलफल हुँदै छ । ठीक एक वर्षपछि हिजो बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चौथो स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ले सरकारको काम कारवाही, राजनीतिक घटनाक्रम, वर्तमान अवस्था र पार्टीको आगामी कार्य्दिशालगायत विषय समेटेर राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

हिजको बैठकमा अध्यक्ष दाहालले सात उपशीर्षकको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रिय र अन्तरराष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारका काम कारवाही र उपनिर्वाचनको समीक्षा, यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन तथा पार्टीको आगामी कार्ययोजनासम्बन्धी विषय प्रतिवेदनमा समावेश छ ।

अहिले ११ बजेबाट नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा सुरु हुने बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथी सदस्यहरुले आ आफ्नो धारण राख्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।