नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक आजलाई स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेपछि भोलि फेरि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

प्रचण्डको अध्यक्षतामा सुरु भएको बैठकमा स्वास्थ्य अवस्थाका कारण अर्का प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली अनुपस्थित थिए । बैठकको सुरुमा अध्यक्ष प्रचण्डले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारत सीमा समस्या, केन्द्रीय कमिटी बैठक र विविध विषयमा छलफल हुने कार्यसूची प्रस्तुत गरे ।

राजनीतिक प्रतिवेदनमा ७ विषयलाई जोड दिइएको छ । राष्ट्रिय परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकतापछि पार्टी सुदृढीकरण अभियान, सरकारको कामको समिक्षा र उपचुनावको समिक्षा लगायतका विषय समेटिएको छ । प्रचण्डले १६ पृष्ठ लामो प्रतिवेदनमा आगामी कार्ययोजना सम्बन्धि कार्यक्रमसमेत रहेको श्रेष्ठले जानकारी दिए । बैठक भोलि बिहान ११ बजे बस्ने उनले बताए । नेकपाको स्थायी कमिटी बैठक एकवर्षपछि सुरु भएको हो ।