बैठक बहिष्‍कार गरेर पाथीभरा दर्शनमा पुगे नेता पौडेल

बैठक बहिष्‍कार गरेर पाथीभरा दर्शनमा पुगे नेता पौडेल

काठमाडौं : नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगेको बेला वरिष्ठ नेता रामचन्द्र पौडेल केन्द्रीय समितिको बैठक बहिष्‍कार गरेर पाथीभरा दर्शनका लागि गएका छन् । पौडेल आज नै काठमाडौ‌ँ फर्कने उनी निकट स्रोतले जानकारी दिएको छ ।

केहीबेर अघि कांग्रेसका महामन्त्री डा. शशांक कोइरालानिवास महाराजगञ्जमा उपसभापति विमलेन्द्र निधिले सहमतिका लागि छलफल गरे पनि उक्त छलफलले पनि सहमति जुटेन। पौडेल पक्षका नेताहरुले महाधिवेशनको कार्यतालिका पहिले ल्याउनुपर्ने माग राखेका छन्। उपसभापति निधिसँग छलफल गरेका महामन्त्री कोइरालाले वरिष्ठ नेता प्रकाशमान सिंहसँग छलफल गरेका थिए।

गत बिहीबारको बैठक बहिष्‍कार गरेका पौडेल पक्षलाई फकाउन शनिबार बिहानै सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार पुगेका थिए। त्यसलगत्तै उपसभापति निधिले पौडेल पक्षका नेता प्रकाशमान सिंहलाई उनकै निवासमा भेट गरेका थिए। सिंह निवासको भेटले पनि सहमति नजुटेपछि आइतबार बिहान उपसभापति निधिले महामन्त्री डा। शशांक कोइराला निवास महारागञ्ज पुगेर छलफल गरेका थिए।