नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ । धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा सुरु बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल हुनेछ ।आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने नेकपा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा विधान संशोधन, केन्द्रीय कमिटी बैठक, नेपालभारत सीमा समस्या र विविध विषयमा छलफल हुनेछ ।यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले स्थायी कमिटी बैठकका लागि पाँचवटा एजेण्डा तय गरेको थियो ।

स्थायी कमिटी बैठक भोलिसम्म चल्ने नेकपाले जनाएको छ । स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित छन् ।